Sun. Oct 27th, 2024

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते   

डोटी,२०८१ साउन ३२ गते शुक्रबार । दिपायल सिलगढी नगरपालिका-४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।  रासस

Facebook Comments