Sun. Oct 27th, 2024

विराटनगर प्रज्ञा प्रतिष्ठान गठन   

विराटनगर, २०८१ साउन ३१ गते बिहीबार । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । आजको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको हो ।

बैठकले सरला चापागाईंलाई उपाध्यक्ष र सदस्यसचिवमा साहित्यकार दिनेशराज सुवेदीलाई मनोनयन गरेको छ । कार्यपालिका बैठकले माया पौडेल आशावादी (नृत्य/गीतसंगीत), गङ्गा सुवेदी (ललितकला), प्राभूषण ढुङ्गेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य/रङ्गमञ्च) र शिवनारायण पण्डित सिङ्गललाई (मातृभाषा) कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रस्तावमा अध्यक्षसहित पदाधिकारी र सदस्यको नाम कार्यपालिकाले अनुमोदन गरेको थियो । महानगरले प्रज्ञा प्रतिष्ठान गठनका लागि गत पुसमा सम्पत्र नगरपरिषद्बाट ‘विराटनगर प्रज्ञा प्रतिष्ठान ऐन-२०८०’ पारित गरेको थियो ।

प्रतिष्ठानले विराटनगरका भाषा, साहित्य, कला, संस्कृतिलगायतका क्षेत्रमा कार्य गर्ने प्रमुख कोइरालाले बताउनुभयो ।  रासस

Facebook Comments