Mon. Feb 16th, 2026

थप ३३४ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २६३४ पुग्यो

       

काठमाडौं, २०७७ जेठ २२ गते बिहीबार

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुईहजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

सङ्क्रमित हुनेमा पुरुष दुईहजार ४५०, र महिला १८४ रहेका छन् ।

गोरखापत्र अनलाईनका अनुसार देशभर २१ वटा स्थानमा रहेका प्रयोगशालामा गरिएका पीसीआर परीक्षणमा पर्सा १, झापा ५,  ताप्लेजुग १, मोरङ २, सप्तरी १३, बारा १२, सिन्धुली १, रौतहट ३५, म्याग्दी १, बाग्लुङ १०, पर्वत ४, स्याङ्जा १, डोटी ३, बाँके ४२, कपिलबस्तु २५, दाङ १५, मुगु १, सुर्खेत २७, दैलेख ११४, खोटाङ ५, धुनषा ६, महोत्तरी ३ र सर्लाही ३ जनामा सङ्क्रमण भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read