Tue. Mar 18th, 2025 05:14:12

नेपाल सदैव “एक चीन नीतिमा” अडिग, हङकङ सम्बन्धि विषय चीनको नितान्त आन्तरिक मामिला

काठमाडौं,२०७७ जेठ २१ गते बुधबार

परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले हङकङ चीनको अभिन्न भूभाग रहेको र नेपालले सदैव एक चीनको नीतिलाई पालना गरिरहेको बताउनु भएको छ।

चीनले हङकङमा लागू गरेको राष्ट्रिय सुरक्षा कानुनका बारेमा बुधबार पत्रकारले नेपालको धारणा के छ भनेर प्रश्न गर्दा प्रवक्ता पौड्यालले उक्त कुरा बताउनु भएको हो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार प्रवक्ता पौड्यालले भन्नुभयो ‘नेपाल सधैँ एक चीनको नीतिमा अडिग छ र हङकङ चीनको अभिन्न भूभाग हो भन्ने कुरालाई नेपालले सधैँ स्वीकार गरेको कुरा हो। तसर्थ हङकङको शान्ति तथा शासन व्यवस्था चीनको प्राथमिकतामा पर्छ।

नेपालले कुनै पनि मुलुकको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिलाई मान्छ र हङकङ चीनको आन्तरिक मामिला हो र हङकङमा चीनले गर्ने शान्ति तथा कानुन कार्यान्वयनलाई नेपालले समर्थन गर्दछ।’

Facebook Comments