Mon. Feb 16th, 2026

कांग्रेस केन्द्रीय समिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने प्रस्ताव

       

काठमाडौं, २०७७ जेठ १७ गते शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने प्रस्ताव प्रस्तुत भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ भन्ने प्रस्ताव पेस भएको हो ।

प्रस्तावमाथि छलफल भई शनिबार नै निर्णय हुने कांग्रेसले जनाएको छ ।

नयाँ पत्रिका दैनिक अनलाईनका अनुसार बैठकमा सभापति शेरबहादुर देउवाले नेपालको नयाँ नक्सासँग सम्बन्धित विषयमा सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बताएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read