Sat. Apr 20th, 2024

कञ्चनजङ्घा

- गीत

काठमाडौं, २०७७ जेठ १५ गते बिहीबार

– नरेन्द्रराज प्रसाई

तिम्रो मायाले नै मैले कञ्चनजङ्घा भेटेँ

तिम्रो मायाले नै मैले कञ्चनजङ्घा लेखेँ ।

 

मायाहुँदा जीवन रह्यो  जीवनबाटै माया

वारीपारी जहाँ जाउ त्यति नै छ माया

मुटुभित्र अँटेसम्म तिम्रै माया भेटेँ

हिंड्दा जति पाइला टेकेँ तिम्रै माया लेखेँ

तिम्रो मायाले नै मैले कञ्चनजङ्घा भेटेँ ।

 

हिउँ शिर गजुरमा तिम्रै माया खोपेँ

लेकबेसीँ चौतारीमा तिम्रै माया रोपेँ ।

घाम छाया जतासुकै तिम्रै माया देखेँ

हावा बतास हुरी आउँदा तिम्रै माया छेकेँ

तिम्रो मायाले नै मैले कञ्चनजङ्घा लेखेँ ।

 

तिम्रो मायाले नै मैले कञ्चनजङ्घा भेटेँ

तिम्रो मायाले नै मैले कञ्चनजङ्घा लेखेँ ।

 

 

 

Facebook Comments