Mon. Dec 23rd, 2024

विपद्मा परी हालसम्म १३१ जनाको मृत्यु   

काठमाण्डू, २०८१ साउन ७ गते सोमबार । बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाण्डू उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपद्मा परी एक सय ४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा दुई÷दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एकगरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय ९४ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन् । रासस

Facebook Comments