Tue. Sep 17th, 2024

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान 

काठमाण्डू, २०८१ साउन ५ गते शनिबार । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे आज चीन प्रस्थान गर्नुभएको छ । चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको आठौँ चीन-दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इष्टर्न चाइना एयरलान्इसको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रियसभाका सदस्य मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, सङ्घीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीयसचिव प्रेमबहादुर सिंह हुनहुन्छ ।

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले यही साउन ८ गते हुने प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रदर्शनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरूसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल यही साउन १० गते स्वदेश फर्कने तालिका छ । रासस

Facebook Comments