Sun. Dec 29th, 2024

धरानमा कोरा राइड साइक्लिङ च्यालेन्ज   

धरान, २०८१ साउन ३ गते बिहीबार ।  प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा शनिबार कोरा राइड साइक्लिङ हुने भएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २९ किलोमिटर दुरीमा हुने राइडमा दुई सयभन्दा बढी राइडर्सहरुले सहभागीता जनाउने प्याडलर्स धरानका संयोजक किसन मास्केले बताउनुभयो ।

शनिबार बिहान ७ बजे भानुचोकबाट शुरु हुने राइड पुतलिलाइन, दुर्गा चोक, मङ्गलबारे, जानकी चोक, फुस्रे, अमरहाट, बिजयपुर चोक, देउराली, पानबारी हुँदै धरान-८ स्थित हरियाली सामुदायिक वनमा पुगेर समापन हुनेसंयोजक मास्केले बताउनुभयो ।

कोरा राइडमा सुनसरीसहित झापा, मोरङका साइक्लिष्टहरु सहभागी हुने आयोजकले जनाएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोरा राइड प्रत्येक बर्ष जुलाइमा हुने गरेको मास्केले बताउनुभयो । धरानमा यो प्रतियोगिता सन् २०१७ देखि नियमित आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।

Facebook Comments