Fri. Oct 18th, 2024

सुन तोलाको डेढ लाख

काठमाण्डू, २०८१ साउन २ गते बुधबार । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

राससका अनुसार  आज सुनको मूल्य तोलाको १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको छ ।

Facebook Comments