Mon. Dec 23rd, 2024

विपद्जन्य घटनामा परी मृत्यु हुनेको सङ्ख्या एक सय १३ जना पुग्यो   

काठमाण्डू, २०८१ असार ३१ गते सोमबार । देशका विभिन्न स्थानमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपद्मा परी गत जेठ २८ यता एक सय १३ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद्मा परी काठमाण्डू उपत्यकामा दुई, कोशी प्रदेशमा २०, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठजनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीकानुसार उपत्यकामा आठ, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११ गरी एक सय १९ जना घाइते भएका छन् । अहिलेसम्म सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ३० घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ । रासस

Facebook Comments