Mon. Dec 23rd, 2024

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई   

मियामी, संयुक्त राज्य अमेरिका, २०८१ असार ३१ गते सोमबार । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो ।

यो गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १६ पटक उचालेको छ ।

निर्धारित ९० मिनेटको समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्नुभएको हो ।

अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए ।

अर्जेन्टिना साविक विजेता हो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो । कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो भने त्यसयताका सबै २८ खेल जितेको थियो ।

त्यसैगरी, बर्लिनमा आजै भएको यूरो कप फाइनल खेलमा स्पेनले इङ्ल्याण्डविरूद्ध २ : १ गोल गर्दै उपाधि जितेको छ ।

स्पेनले युरो कप २०२४ को उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि लामिन यमालको पासमा निको विलियम्सले पहिलो गाले गर्दै खेलमा स्पेनले अग्रता लिएको थियो ।

खेलको ७३औं मिनेटमा इङ्ल्यान्डले गोल गरी खेललाई बराबरीमा फर्काएको थियो । इङ्ल्याण्डका कोल पालमरले खेलको दोस्रो हाफमा प्रवेश गरेको तीन मिनेटमा नै लामो दुरीबाट उत्कृष्ट गोल गर्न सफल हुनुभएको थियो ।

तर ८६औं मिनेटमा स्पेनले विजयी गोल ग¥यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए । स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन ।

तर ८६औं मिनेटमा स्पेनले विजयी गोल ग¥यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाउनुभएको हो । स्पेनको यो चौथो युरो उपाधि हो । युरो कप उपाधि जित्न नसकेको इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कप फाइनलमा पराजित भएको छ । एएफपी

Facebook Comments