Sat. Sep 21st, 2024

प्यालेस्टिनी भूमिमा इजरायली कब्जा बारे सल्लाहकार राय दिन संयुक्त राष्ट्रसघीय अदालतको आदेश   

द हेग(नेदरल्याण्ड), २०८१ असार २९ गते शनिबार । अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा जुलाई-१९ मा सल्लाहकार राय दिने घोषणा गरेको छ ।

हेगस्थित आईसीजेको सिट पिस प्यालेसमा जुलाई -१९मा सार्वजनिक सत्र हुनेछ, जहाँ अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले सल्लाहकार राय पेस गर्नु हुने छ ।

फेब्रअरीमा आइसीजेमा सार्वजनिक सुनुवाइका क्रममा प्यालेस्टाइन, ४९ संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू लगायत तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूले मौखिक बयानहरू प्रस्तुत गरेका थिए ।

सुनुवाइमा, प्यालेस्टाइनी संयुक्त राष्ट्रका दूत रियाद मन्सुरले आईसीजेलाई प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जालाई अवैध घोषणा गर्न आग्रह गर्नु भएको थियो । फैसलाले कब्जाको तत्काल अन्त्ये, न्यायपूर्ण र स्थायी शान्ति“ को स्थापनाको लागि मार्ग प्रशस्त गर्ने कुरामा जोड दिएको छ ।

सुनुवाइमा भाग नलिई, इजरायली प्रधानमन्त्रीको कार्यालयले सुनुवाइको वैधतालाई अस्वीकार गरी एक बयान जारी गर्दै इजरायलको स्वतन्त्रता र आत्मरक्षाको अधिकारलाई अझ कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ । सिन्ह्वा

Facebook Comments