Fri. Sep 20th, 2024

भानुजयन्तीका अवसरमा साहित्यकारद्वय राई र ठकुरी सम्मानित   

काठमाण्डू, २०८१ असार २९ गते शनिबार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दुई सय ११औँ भानुजयन्तीका अवसरमा दुईजना साहित्यकारलाई सम्मान गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा प्रा. डा. नोवलकिशोर राई र माया ठकुरीलाई सम्मान गरिएको हो । नेपाली साहित्यमा विशिष्ट योगदान गरेबापत उहाँहरुलाई सम्मान गरिएको हो । उहाँहरुलाई बग्गीमा राखेर नगर परिक्रमा गराइको थियो ।

त्यसअघि प्रज्ञा- प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्त आर्चायको प्रतिमामा माल्र्यापण गरिएको थियो ।

भानुजयन्ती कै अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थी, साहित्यकार, बुद्धिजीवीको सहभागितामा प्रज्ञा भवनबाट शोभायात्रा आयोजना गरिएको थियो ।

उक्त शोभायात्रा बागबजार-रत्नपार्क-शान्तिवाटिका-दरबार हाईस्कुलस्थित भानुभक्तकोप्रतिस्थल हुँदै पुनःप्रज्ञा भवन पुगेर सभामा परिणत भएको थियो । रासस

Facebook Comments