Mon. Dec 23rd, 2024

बाढी पहिरो अपडेट : बिपी र मदन भण्डारी राजमार्ग अबरुद्ध

सिन्धुली, २०८१ असार २८ गते शुक्रबार । अबिरल बर्षासँगै आएको बाढी पहिरोका कारण बिपी राजमार्ग र मदनभण्डारी राजमार्ग अवरुद्ध भएका छन् ।  बिपी राजमार्ग बाढी र मदनभण्डारी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बिपी राजमार्गको काभ्रे जिल्लामा पर्ने माम्ती खोलामा आएको बाढीको कारण र मदनभण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिकाको हाकपारामा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला  प्रहरी कार्यालय सिन्धुलीका प्रमुख तथा प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले बताए ।

सडक अबरुद्ध भएका स्थानमा रहेका यात्रु र सवारी साधन सुरक्षित रहेका छन्, अबरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । रासस

Facebook Comments