Tue. Apr 23rd, 2024

पाकिस्तानको कराचीमा विमान दुर्घटना ९७ जनाको मृत्यु

काठमाडौं, २०७७ जेठ ९ गते शुक्रबार

पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना हुँदा सबैकाे मृत्यु भएको छ । यात्रुवाहक हवाइजहाज दुर्घटना हुँदा ९७ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानको कराचीबाट उडान भरेको पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एयरबस ए ३२० प्राबिधिक त्रुटीको कारणले दुर्घटनाग्रस्त भएको हो ।

पाकिस्तानका वायुसेवा निगमका प्रवक्ता अब्दुल्लाह खानले सीएनएनसँगको कुराकानीमा विमान दुर्घटना हुनुअघि चालकले प्राबिधिक त्रुटीबारे जानकारी गराएको बताउनुभएको छ । विमान कराचीको आवासीय क्षेत्रभित्र दुर्घटना भएको हो ।

पाकिस्तानमा दुई महिनाको लकडाउनपछि गत् साता मात्रै घरेलु उडान सुरु भएको थियो । पाकिस्तानको लाहौरबाट उडान भरेको विमानमा चालक दलका सदस्यसहित ९९ जना सवार थिए । ती मध्ये दुई जना बाँच्न सफल भएका थिए  भनि विविसीले जनाएको छ ।

Facebook Comments