Sat. Oct 5th, 2024

सी चिनफिङ र ताजिकिस्तानका राष्ट्रपतिबीच वार्ता

काठमाण्डू, २०८१ असार २१ गते शुक्रबार । चीनका राष्ट्रपति सी चिनफिङले दुशान्बेमा ताजिकिस्तानका राष्ट्रपति राहमोनसँग वार्ता गर्नुभएको छ। स्थानीय समयअनुसार, जुलाइ ५ तारिख दिउँसो आयोजित सो वार्तामा दुई राष्ट्रानायकले नयाँ युग चीन-ताजिकिस्तान व्यापक रणनीतिक सहयोग साझेदारी सम्बन्धको विकास गर्ने घोषणा गर्नुभएको छ।

राष्ट्रपति राहमोनले सी चिनफिङका लागि भव्य स्वागत समारोहको आयोजना गर्नुभएको छ। समारोहपछि दुई राष्ट्रनायकले अघिपछि गरी सानो तथा ठूलो परिधि वार्ता गर्नुभएको छ।

सानो परिधि वार्तामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीन र ताजिकिस्तानबीचको सम्बन्धसँग गहन इतिहास,बलियो राजनीतिक आधार,प्रचुर सहयोगात्मक भावार्थ रहेको बताउनुभएको थियो। यी दुबै पक्षको संयुक्त प्रयासमा आपसी राजनीतिक पारस्परिक विश्वास लगातार गहन बन्दै बेल्ट एण्ड रोडको संयुक्त निर्माण सम्बन्धी प्रचुर सहयोगात्मक उपलब्धि रहेको जसले यी दुबै मुलुकको साझा विकासलाई शक्तिशाली रुपमा प्रवर्द्धन गरेको पनि उहाँको ठहर थियो।  

यी दुबै नेताहरुले नयाँ युगमा चीन-ताजिकिस्तान चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको विकास गर्दै विभिन्न क्षेत्रको पारस्परिक हित तथा सहयोगका लागि नयाँ योजनाको रुपरेखा बनाउने घोषणा गरेका छन्।

ठूलो परिधि वार्तामा सी चिनफिङले राष्ट्रपति राहमोनको नेतृत्वमा ताजिकिस्तानमा निश्चित विभिन्न राष्ट्रिय विकास लक्ष्य पक्कै पूरा हुने विश्वास आफूले लिएको उल्लेख गर्नुभयो।

सी चिनफिङले नयाँ स्थितिमा चीनले ताजिकिस्तानसँग नयाँ युगमा व्यापक रणनीतिक सहयोग साझेदारी सम्बन्धको विकास गरी अझ उचाइमा चीन-ताजिकिस्तान भाग्य समुदायको रचना गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो। उहाँले चीन-ताजिकिस्तान मैत्रीपूर्ण आपसी हितयुक्त सहयोगलाई बढाउन चीन अडिग रहने भन्दै अन्तर्राष्ट्रिय स्थिति जसरी परिवर्तन भए पनि चीन सधैँ नै ताजिकिस्तानको विश्वासनीय साथी, भरपर्दो साझेदारी र घनिष्ठ दाजु-भाइ रहने बताउनुभयो।

वार्ता भएपछि दुई राष्ट्रनायकले “जन गणतन्त्र चीन र गणतन्त्र ताजिकिस्तानबीच नयाँ युगमा व्यापक रणनीतिक सहयोगी साझेदारी सम्बन्धको विकास गर्ने संयुक्त वक्तव्य”मा संयुक्त रूपमा हस्ताक्षर गर्नुका साथै आर्थिक तथा व्यापारिक, लगानी, इन्टर्कनेक्शनलगायत क्षेत्रका दशौँ वटा द्वीपक्षीय सहयोग पत्रको आदान-प्रदान कार्यक्रममा भाग लिनुभयो।

सोही राति राष्ट्रपति राहमोनको भव्य स्वागत रात्रीभोजमा सी चिनफिङ उपस्थित हुनुभयो। सीआरआई

 

Facebook Comments