Tue. Sep 17th, 2024

जयपृथ्वी राजमार्ग अवरूद्ध

देउलेख (बझाङ), २०८१ असार २३ गते आईतबार । वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध भएको हो ।

बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जीप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् ।

सडक नियमित सञ्चालनका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय बझाङले बैतडी प्रशासनलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो । उहाँले बझाङ-बैतडीको सिमाना भए पनि बैतडीको खोड्पे नजिकै पहिरो गएकाले पहिरो हटाउन सहजीकरण र सहयोग गर्न बैतडी प्रशासनलाई अनुरोध गरिएको बताउनुभयो ।

प्रजिअ कुइकेलले जयपृथ्वी राजमार्गअन्तर्गत मालालाग्ने भीरमा पनि पहिरो गएकाले स्थानीय तहसँग जनशक्ति र आवश्यक उपकरण उपलब्ध गर्न अनुरोध गरिएको बताउनुभयो । राजमार्ग नियमित सञ्चालन गरी जनजीवन सामान्य बनाउन सबैले सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।रासस

Facebook Comments