Mon. Dec 23rd, 2024

सहकारी प्रणालीमा देखापरेका समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज : महासचिव गुरुङ

भिओके समाचार/काठमाण्डू, २०८१ असार २२ गते शनिबार । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सहकारी प्रणालीमा देखापरेका समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज भएको बताउनुभएको छ ।

काठमाण्डूूमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सहकारीका समस्या समाधान गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधार गर्न जरुरी रहेको बताउनु भयो । महासचिव गुरुङले सानातिना सुधारले मात्रै सहकारी समस्या समाधान हुन नसक्ने विश्वास व्यक्त गर्नुुभयो ।  नेपाल न्यूज एजेन्सीका अनुसार उहाँले सहकारीका समस्या समाधानका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । महासचिव गुरुङले वस्तु उत्पादन, औद्योगिक उत्पादन, कृषि उत्पादनमा केन्द्रित गरेर सम्पूर्ण श्रोत र साधनहरुलाई उत्पादनमुखी बनाउन जरुरी रहेको बताउनु भयो । औद्योगिक आत्मनिर्भरमा कसरी लैजाने ? कृषि उत्पादनमा कसरी लैजाने ? भन्नेबारेमा सोच्न जरुरी रहेको महासचिव गुरुङको भनाइ छ ।

महासचिव गुरुङले आर्थिक र सामाजिक प्रक्रियामा मौलिक रुपले रुपान्तरण गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

Facebook Comments