Mon. Jul 1st, 2024

झोराहाट नाटय समुहद्धारा सामूहिक धान  रोपाइँको आयोजना ( फोटो फिचर ) 

महेश भट्टराई/झोराहाट,२०८१ असार १५ गते शनिबार ।  असार १५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा मोरङको ग्रामथान गाउँपालिका वडा नम्वर-२  स्थित  झोराहाट नाटय समुहले सामूहिक धान रोपाइँ कार्यक्रम  आयोजना गरिएको छ ।

झोराहाट नाटय समुहद्धारा आयोजित रोपाइँ कार्यक्रममा  विराटनगर-५ स्थित एभरेष्ट बोर्डिङ स्कुलका विद्यार्थी , शिक्षक ,शिक्षिकाहरू , साहित्यकार र  स्थानीय बासिन्दाहरू सहित सहभागी भएका थिए ।कार्यक्रममा संस्कृति जोगाउने पञ्चे बाजा,हलो ,जुवा ,हल गोरूसहित धान  रोपाइँ  गरिएको छ ।

संस्कृति र उत्पादनको सम्बन्धलाई जोड्ने उदेश्य सहित धान रोपाइँ कार्यक्रम आयोजना गरिएको झोराहाट नाट्य समुहका  निर्देशक भरत गुरागाईं बर्बरिकले बताउनुभएको छ । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा हरेक वर्ष झोराहाट नाटय समुहले धान रोपाइँ कार्यक्रम गर्दै आइरहेको छ ।

आज देशभर २१औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ मनाइएको यो दिवसका अवसरमा देशका विभिन्न स्थानहरुमा सामूहिक धान रोप्ने काम भइरहेको छ ।

 

Facebook Comments