Mon. Dec 23rd, 2024

टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु

काठमाण्डू, २०८१ असार ८ गते शनिबार । काठमाण्डू महानगरपालिका–३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

बा३क ३०५३ नं. को टिपर र बा प्र ०२-०३९ प ९९५२ नंको स्कुटर शुक्रबार एकापसमा ठोक्किँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुर्घटनामा गम्भीर घाइते भएकी निज श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ, दुर्घटनामा घाइते भएका स्कुटर चालकको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।” टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

Facebook Comments