Fri. Oct 18th, 2024

नेपाल पत्रकार महासंघको निर्वाचन असार २२ गते

भिओके समाचार/काठमाण्डू । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथी दाबी विरोध गर्न पाइनेछ भने असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी असार १३ गते बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, १३ गते साँझ ८ बजे नामावली प्रकाशन, १३ गते साँझदेखि असार १५ गते बिहान १० बजेसम्म उम्मेदवारमाथी दाबी विरोधको कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक प्रा.चिरञ्जीवी खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने कार्यक्रम असार १५ गते बिहान ११ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १५ गते दिउसो २ बजे हुनेछ । असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने मतदान सकिए लगत्तै मतगणना कार्य सुरु हुनेछ ।

Facebook Comments