Mon. Sep 23rd, 2024

उत्तरी शान्सीको लोक गीतको पैचिङमा प्रस्तुती

काठमाण्डू, २०८१ जेठ २० गते आईतबार । चीनको राजधानी पैचिङमा तीन दिने उत्तरी शान्सीको सुन्दर नगरी युलिनको लोकगीत र अन्तर्राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा आदानप्रदान तथा आपसी सिकाइ कार्यक्रमको प्रदर्शनी भएको छ । मे ३१ मा सुरु भएको सो प्रस्तुतीमा नेपाल, लेसोथो, रोमानिया, इक्वेडर, बुर्किना फासो, कोटे डी आइवर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, साथै बेल्ट एन्ड रोड इनिसिएटिभको एशिया-प्रशान्त कोर समूहका कूटनीतिज्ञ, अमूर्त सांस्कृतिक सम्पदाका उत्तराधिकारीहरू र विश्वविद्यालयका प्राध्यापकहरू कार्यक्रममा सहभागी थिए ।

अन्तर्राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको यो भेलाले अमूर्त सांस्कृतिक सम्पदाको सहयोग, संरक्षण र सम्पदाको बारेमा छलफल गर्न स्वदेश तथा विदेशबाट पाहुनाहरूलाई एकसाथ आमन्त्रण गरेको थियो ।

कार्यक्रममा, रूस र युलिनका संगीतकर्मीहरुले मन्चमा सँगै प्रस्तुति दिए। जब कात्युषा ले जिन्टियानयुलाई भेटे, गीतहरूको फरक शैलीले प्रभावकारी रूपमा गायकहरूको भावना र विचारलाई व्यक्त गर्यो। मन्चको सजावटले चीनको कोबी मरभुमीको दक्षिणपूर्वी क्षेत्रको लोएस पठार छेत्र र प्रयोगमा ल्याइएको ध्वनी र प्रकासले झरना र गुफा वातावरणलाई प्रतिबिम्बित गरिरहेको थियो, यसप्रकारको सजावट र कलाकारको बेजोड प्रस्तुतीले पाहुनाहरूलाई तुरुन्तै उत्तरी शान्सीको स्थानीय स्वादले समृद्ध वातावरणमा पुर्‍यायो। यस्ता अभिनव प्रदर्शनी स्वरूपहरूले परम्परागत संस्कृतिको प्रचारप्रसारमा नयाँ जीवन्तता दिने गरेको छ १ चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले भन्नुभयो, “मलाई आजको प्रदर्शनीको प्रस्तुति शैली निकै मन पर्यो ।

मैले पहिले देखेको कुनै पनि प्रदर्शनी भन्दा फरक, यसले उत्तरी शान्सी लोक गीतहरूको ऐतिहासिक विकासलाई व्यापक रूपमा प्रदर्शन गर्न प्रविधिको प्रयोग गर्‍यो। म भविष्यमा नेपालको अमूर्त सांस्कृतिक सम्पदा र उत्तरी शान्सीबीचको गहिरो आदानप्रदानको अपेक्षा गर्दछु, हाम्रा दुई क्षेत्रहरूबीचको मैत्रीपूर्ण अन्तरक्रियालाई थप प्रवर्द्धन गर्न जरुरी छ ।”

बेल्ट एण्ड रोड एसिया-प्यासिफिक कोर ग्रुप समितिका सल्लाहकार डिग्बी जेम्स वेनले भन्नुभयो, “केही वर्ष पहिले युलिनको भ्रमण गर्न पाउँदा मलाई खुशी लागेको थियो। त्यहाँका जनताहरू सहृदयी छन्, खाना स्वादिष्ट छ, र मलाई सबैभन्दा बढी प्रभावित गरेको स्थानीय याङ्को प्रदर्शन र लोक गीतहरू थिए। आज फेरी यस्तै प्रस्तुति देखेर नाचगानमा सामेल नभै रहन सकिन । उत्तरी शान्सीको संस्कृति साँच्चै मनमोहक छ ।

मन्चको सिमित परिधीमा, प्रदर्शनीले उत्तरी शान्सीको बिगत र वर्तमान, रुप र सार, मानिस र तिनले प्रयोगमा ल्याउने स्थानिय वस्तु, स्थिरता र चालको पुर्ण प्रतिनिधित्व गरेको थियो १ यसप्रकारको सांस्कृतिक-साङ्गितिक सम्पदा प्रदर्शनीले युलिनको महत्वपूर्ण अन्वेषण र अभ्यास, अन्तर्राष्ट्रिय आदानप्रदानको लागी एक नयाँ स्थानीय मन्चको स्थापनाको लागी ठोस आधार निर्माण गरेको छ ।

Facebook Comments