Sat. Mar 14th, 2026

अमेरिकी राष्ट्रपतिलाई एउटी चिनियाँ नर्सको चिठी

       

काठमाडौं, २०७७ बैशाक २६ गते शुक्रबार

केही दिन अगाडि एकजना चिनियाँ नर्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटा चिठी लेखेर पठाएकी थिइन्।  चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार  सो चिठीमा यस्तो लेखिएको थियो।

महामहिम राष्ट्रपति डोनाल्ड ट्रम्प

नमस्ते। म एक श्वासप्रश्वास विभागकी नर्स हुँ। म वुहानको अस्पतालमा सहयोगीका रुपमा काम गरी अहिले आफ्नो जन्म घरमा फर्केकी छु। केही महिनादेखि हामी ४२ हजार स्वास्थकर्मीहरुले वुहानमा महामारी नियन्त्रण गर्नका लागि काम गरेका थियौँ। त्यसैले तपाईंलाई आफ्ना अनुभव समेटेर एउटा चिठी लेख्न मन लागेको हो।

हामी वुहानतर्फ प्रस्थान गर्दा चिनियाँ नयाँ बर्ष अर्थात् बसन्त चाडको समय थियो। तपाईंहरुको क्रिसमस जस्तै। यो चाड सबै चिनियाँका लागि महत्वपुर्ण भएता पनि वुहानलाई सहयोग गर्न हामी ४२ हजार चिकित्साकर्मीले आफ्ना परिवारबाट अलग भई महामारीको रोकथाम कार्य गरेका थियौँ।

वुहानमा काम गरेको समयमा हामीले बच्चादेखि १०८ बर्षको उमेरका वृद्ध संक्रमितहरूको उपचार गर्‍यौँ। हाम्रो प्रयासमा वुहान तथा हुपेइ प्रान्तका ३ हजार ६ सय जना असी बर्ष भन्दा बढी उमेरका बृद्ध संक्रमित निको भएका थिए। यो हाम्र लागि गर्व र खुशीको कुरा थियो।

महामहिम राष्ट्रपतिज्यू हामीले वुहानमा गरेको सानो उदाहरण हो यो। अमेरिकामा अहिले पहिला चीनको जस्तै परिस्थिति छ भन्ने मलाई थाहा छ। अमेरिकाले यस महामारीलाई जित्नसक्ने र सबै जनताले सुस्वास्थ्य प्राप्त गर्नसक्ने मेरो शुभकाशना छ। साथै महामारी निनयन्त्रणमा अमेरिकामा अहोरात्र खटिरहेका सबै चिकित्सकलाई सलाम पनि गर्न चाहन्छु।

Facebook Comments