Sat. Sep 21st, 2024

भावका बिम्बले बासना छर्दछू

- कवि भवानी न्यौपाने "भावना"

-कवि भवानी न्यौपाने “भावना”
ईशमा याचना प्रार्थना गर्दछू
कर्ममा वन्दना अर्चना भर्दछू।।
बागमा चुम्दछू फूलको बासना
मानवी स्वर्गको द्वारमा सर्दछू।।
लेखनी रागको मोहमा लम्किँदै
काव्यको प्रेमले भूमिमा झर्दछू।।
स्वार्थका वाणले रोपिँदा शूल यो
सर्वदा बुद्धकै मार्गमा पर्दछू।।
फूलको हार झैँ सुन्दरी भावना
भावका बिम्बले बासना छर्दछू।।
दाङ, २०८१ जेठ ७ गते सोमबार ।
Facebook Comments