Sat. Jul 27th, 2024

प्रदेश योजना आयोगका उपाध्यक्षलाई मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण   

मोरङ,२०८१ जेठ ७ गते सोमबार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा डा अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगरलगायत सहभागी हुनुहुन्थ्यो ।

राससका अनुसार  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राई, पर्यटन वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगर, विभिन्न मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्यालयका कर्मचारीहरुको शपथग्रहण समारोहमा उपस्थिति रहेको थियो ।

Facebook Comments