Tue. Sep 17th, 2024

१६औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको सुमधुर बिहानीमा प्रभातफेरी (फोटो फिचर)

रमेश हतुवाली/काठमाण्डू, २०८१ जेठ ४ गते शुक्रबार । १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन आजदेखि काठमाण्डू सुरु हुदैछ । हिजो नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सम्मेलनमा तय गरिएका विविध विषयहरुमा कानून व्यवसायीहरुले कार्यपत्र प्रस्तुत गरी सो उपर छलफल हुने र कानूनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायहरुको तर्फबाट समेत सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो ।

उहाँले न्यायलयमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचारको अन्त्यका लागि कार्की प्रतिवेदनको कार्यान्वयन गर्दै न्यायिक सुशासन र नागरिकको न्यायिक अधिकार सुनिश्चित गर्न आवश्यक रहेको पनि बताउनु भएको छ ।

भ्वाईस अफ काठमाण्डूसँग कुराकानी गर्नुहुँदै एशोसिएशनका महासचिव अञ्जिता खनालले आज बिहान काठमाण्डूको माइतीघर मण्डलादेखि भद्रकाली, शहीद गेट, सुन्धारा, रत्नपार्क, जमल हुँदै कमलादीसम्म सञ्चालन गरिएको प्रभातफेरी उत्साहपूर्वक भव्य रुपमा सम्पन्न भएको जानकारी दिनुभएको छ ।

नेपाल बार एशोसिएशनका केन्द्रिय सदस्य सीता पौडेलले बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।

सम्मेलनमा ३ हजारभन्दा धेरै कानून व्यवसायीहरुको सहभागीता रहने नेपाल बारले जनाएको छ ।

फोटो सर्वाधिकार : भ्वाईस अफ काठमाण्डूका लागि रमेश हतुवाली

Facebook Comments