१६औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन काठमाण्डूमा सुरु
रमेश हतुवाली/काठमाण्डू, २०८१ जेठ ४ गते शुक्रबार । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको आयोजनामा “१६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन” सुरु भएको छ ।
न्यायपालिकाको पुरनसंरचना, न्यायपालिका भित्र हुने ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारलाई जरैदेखि उखेली सर्वसुलभ रुपमा जनतालाई न्याय प्रदान गर्दै लोकतन्त्रको सुद्धिढिकरण गर्ने उद्धेश्यसाथ सम्मेलन सुरु भएको नेपाल बार एशोसिएशनले जनाएको छ । आज काठमाण्डू कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा एक भव्य समारोहबीच सो सम्मेलनको सुभारम्भ गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले न्याय देखिने, सुनिने, बुुझिने र महशुस गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले विधिको शासन, कानूनी राज्य, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सक्षम र स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानले गरेको हुँदा नेपाल बार एशोसिएशनमा आवद्ध कानून व्यवसायीहरु उल्लेखित अधिकारहरुको रक्षा गर्ने पहरेदार भएको पनि बताउनु भयो ।
सम्मेलनलाई शुभकामना दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यायपालिकाको सुदृढीकरण र नेपाल बार एशोसिएशनलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनःसंरचना र संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री समारोहमा बोल्नुहुँदै प्रधानन्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठले आम नागरिकहरु विश्वस्त हुन सक्ने वातावरण निर्माण गर्नु र नतिजामुलक कार्यसम्पादन ऐलेको आवश्यकता भएको बताउनु भयो । उहाँले अदालत र बार तथा न्यायाधिश र कानून व्यवसायीहरुको भूमिका केही फरक भए पनि सबैको लक्ष्य र गन्तब्य न्यायको सुनिश्चितता हो भन्नुभयो ।
प्रधानन्यायाधिश सम्मेलन आयोजक संस्था नेपाल बार एशोसिशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले सम्मेलनमा उठान हुने विषयहरु बारे जानकारी दिनुहुँदै स्वतन्त्र न्यायपालिका, सक्षम न्यायपालिका, विधिको शासन, भ्रष्टाचार रहित न्यायपालिकाका निर्माण गर्न न्यायपालिकाको पुनरसंरचना आवश्यक भएको बताउनु भयो ।
सम्मेलन उद्धघाटन समारोहमा महान्यायाधिवक्ता डा. दिनमणी पोख्रेल, भारतीय बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रशान्त कुमार, ल एशियाका अध्यक्ष वरिष्ठ अधिवक्ता श्याम देवान र अन्तर्राष्ट्रिय बार एशोसिएशनका महासचिव जर्ग मेन्जरले शुभकामना मन्तब्य दिनुभएको थियो ।
सम्मेलन सुरु हुनुभन्दा पहिले विहान ७:३० बजे माईतीघर मण्डलाबाट सुरु भएको प्रभात फेरी भद्रकाली, सुन्धारा, रत्नपार्क, जमल हुँदै कमलादी आएर उद्धघाटन समारोहमा टुंगिएको थियो । सम्मेलनमा देशभरबाट ३ हजार भन्दा धेरै कानून व्यवसायीहरुको सहभागीता रहेको बताईएको छ ।
Facebook Comments