Sun. Sep 8th, 2024

प्रतिनिधिसभाको बैठक स्थगित   

काठमाण्डू,२०८१ जेठ ४ गते शुक्रबार । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ ।

यसअघि आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ बजेका लागि तय भएको थियो । विशेष कारणले बैठक बस्न नसकेको भन्दै आजको बैठक स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ । रासस

Facebook Comments