Mon. Dec 23rd, 2024

कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधीवक्ताको शपथ ग्रहण   

मोरङ,२०८१ जेठ ३ गते बिहीबार । कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधीक्ता नारायण वस्तीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

मुख्यन्यायाधीवक्ता वस्तीलाई आज विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विराटनगर-४ निवासी वस्तीलाई मुख्यन्यायाधीवक्तामा आज नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, सभामुख अम्बरबहादुर विष्ट, बिना विभागीयमन्त्री रामकुमार मगर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलगायतको उपस्थिति रहेको थियो । रासस

Facebook Comments