Fri. Oct 18th, 2024

पूर्वप्रधानसेनापति थापाको निधन   

काठमाण्डू,२०८१ जेठ ३ गते बिहीबार । पूर्वप्रधानसेनापति धर्मपाल वरसिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो । उहाँको तीन छोरा र एक छोरी हुनुहुन्छ । रासस

Facebook Comments