Fri. Nov 15th, 2024

स्पेसएक्सद्वारा अन्तरिक्षमा २० थप स्टारलिङ्कइन्टरनेट उपग्रह प्रक्षेपण   

लस एन्जलस, २०८१ जेठ २ गते बुधबार । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप २० वटा स्टारलिङ्क उपग्रह कक्षमा प्रक्षेपण गरेको छ । यसमा डाइरेक्छ-टु-सेल क्षमता भएका १३ वटा समावेश छन् ।

स्पेसएक्सका अनुसार क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट प्यासिफिक समयको बिहान ११ः३९ मा फाल्कन ९ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।

केही मिनेटपछि फाल्कन-९ को पहिलो चरणको बूस्टर फर्कियो र प्यासिफिक महासागरमा रहेको ‘अफ कोर्स आई स्टिल लभ यू’ ड्रोनशिपमा अवतरण भयो ।

स्पेसएक्सकाले पछि २० उपग्रहको तैनातीको पुष्टि गर्यो । स्पेसएक्सका अनुसार स्टारलिङ्कले पहुँच अविश्वसनीय, महँगो, वा पूर्णरूपमा अनुपलब्ध भएका स्थानहरूमा उच्च-गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रदान गर्नेछ । सिन्ह्वा

Facebook Comments