Wed. Dec 25th, 2024

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाण्डू, २०८१ जेठ १ गते मंगलबार । इतिहासकार, पुरातत्त्व विज्ञ तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । नेपालको प्राचीन इतिहासबारे विस्तृत र गहन अध्ययन गर्नुभएका नेपालको ९२ वर्षको उमेरमा आज महाराजगञ्जस्थित मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । भोजपुर जिल्लाको सिक्तेल गाउँमा वि.सं.१९८९ सालमा जन्मनु भएका नेपाल मुटु लगायतका रोगहरुबाट पीडित हुनुहुन्थ्यो ।

पारिवारिक स्रोतका अनुसार अहिले दिउसो ३ बजे उहाँको पशुपती आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्यष्टि गरिने कार्यक्रम रहेको छ ।

Facebook Comments