Mon. May 20th, 2024

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

किभ, २०८१ वैशाख २७ गते बिहीबार । युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ तर बिहीबार राति रुसले प्रहार गरेका २० वटा ड्रोनमध्ये अधिकांश नष्ट गरेको बताएको छ ।

सन् २०२२ को अन्त्यदेखि फ्रन्टलाइनमा परिणत भएको डेनिप्रो नदी पार गरेर तैनाथ रूसी सेनाबाट निकोपोल नियमित रूपमा आक्रमणको शिकार भएको थियो ।

रुसले प्रहार गरेको क्षेप्यास्त्रबाट ६२ वर्षीय पुरुष र ६५ वर्षीया महिलाको ज्यान लिएको क्षेत्रीय गभर्नर सेर्गी लिसाकले बताउनुभयो ।

उहाँले आगो लागेको घर र धेरै क्षतिग्रस्त भवनहरूको फोटो प्रकाशित गर्नु भएको छ ।

बिहीबार राति नै रुसले प्रहार गरेका २० वटा ड्रोनमध्ये युक्रेनको वायु रक्षा बलले दक्षिणी ओडेसा क्षेत्रमा १७ वटा नष्ट गरेको थियो ।

एउटा ड्रोनले दक्षिणी माइकोलाइभ क्षेत्रको दुई तले भवनलाई क्षतिग्रस्त बनाएको आपतकालीन सेवाले टेलिग्राममा लेखेको छ, तर त्यहाँ कुनै हताहत भएको रेकर्ड गरिएको छैन । एएफपी

Facebook Comments