Thu. Dec 26th, 2024

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु   

नयाँदिल्ली, २०८१ वैशाख २१ गते शुक्रबार । उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र बुधबार राति विस्फोट भएको हो ।

रबर उत्पादन केन्द्रमा विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको बताउदै एकजना प्रहरी अधिकारीले पीडितको शव पोस्टमॉर्टम प्रक्रियाका लागि अस्पतालमा पठाइएको र पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने बताएका छन् ।

प्रहरीले विस्फोटको उचित अनुसन्धानको लागि आदेश जारी गरी सक्रियता बढाएको जनाएको छ । सिन्ह्वा

Facebook Comments