Thu. May 16th, 2024

जिम्मेवारीलाई थप उर्जासहित निरन्तरता दिने स्पेनी प्रधानमन्त्रीको भनाइ     

म्याड्रिड, २०८१ वैशाख १७ गते सोमबार । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी बेगोना गोमेजमाथि दक्षिणपन्थी र अति दक्षिणपन्थी प्रतिद्वन्द्वीबाट अन्यायपूर्ण आक्रमण भए पनि आफूले आफ्नो पदीय जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको छ ।

सान्चेजले स्पेनका राजा फिलिप छैटौंलाई भेट्नुअघि म्याड्रिडको बाहिरी इलाकामा रहेको पालासियो डे ला मोनक्लोआस्थित आफ्नो सरकारी निवासबाट गरिएको घोषणामा आफ्नो निर्णयको पुष्टि गर्नुभएको हो ।

स्पेनको एक अदालतले आफ्नी पत्नीविरुद्ध प्रभावको दुरूपयोगको रिपोर्टको लागि अनुसन्धान सुरु गरेपश्चात सान्चेजले गत बुधबार एक हप्ता आफ्नो सार्वजनिक कर्तव्यहरूलाई स्थगित गर्ने बताउनुभएको थियो ।

शनिबार र आइतबार सान्चेजका करिब ८० हजार समर्थक प्रधानमन्त्रीलाई समर्थन जनाउन उहाँको स्पेनिस सोसलिस्ट पार्टीको मुख्यालय र संसद् भवनबाहिर भेला भएका थिए ।

सान्चेजले भन्नुभयो, “सामाजिक परिचालनको लागि धन्यवाद । यसले मेरो निर्णयलाई प्रभावित गरेको छ । यदि सम्भव भयो भने म प्रधानमन्त्रीका रूपमा थप उर्जाका साथ काम गर्ने मैले राजालाई जानकारी गराएको छु ।” एएफपी

Facebook Comments