Mon. Feb 16th, 2026

कोरिया फर्कन चाहने कामदारले टेकुमा स्वास्थ्य परीक्षण गराउनुपर्ने

       

काठमाडौं, २०७७ बैशाक १७ गते बुधबार

वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पी.एस. कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउन सूचना जारी गरेको छ ।

शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परीक्षण गराउन कामदारलाई अनुरोध गरेको छ ।

गोरखापत्र अनलाईनका अनुसार शाखाले आज एक सूचना जारी गर्दै ई. पी. एस. प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपाल रहेका कामदारलाई उक्त कुरा जानकारी गराएको हो ।

निज व्यक्ति स्वास्थ्य परीक्षण गराई आफ्नै खर्चमा चार्टड उडानबाट कोरिया जान स्वीकृति दिने नेपाल सरकारले निर्णय गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read