Mon. May 13th, 2024

नेप्से सूचक १४.३३ विन्दुले बढियो

सेयर बजार आइतबार दोहोरो अंकले बढेको छ ।

काठमाण्डू,२०८१ वैशाख १६ गते आईतबार । सेयर बजार आइतबार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से सूचक १४.३३ विन्दुले बढेर १९८०.२७ अंकमा आएको छ । २ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ

यसअघि लामो समय लगातारजसो घटेको बजार आज सकारात्मक देखिएको हो । सरकारले लगानीमा बाधा मानिएका ऐन-नियमका प्रावधानहरु सुधार गर्दै अध्यादेश जारी गरेको छ । लगानीमैत्री वातावरण बनाउन सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् । यसबाट थोरै भए पनि निजी क्षेत्रको मनोबल बढेको अनुमान गरिएको छ ।

राससका अनुसार  ३०८ कम्पनीको ६८ लाख ७८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स सबैभन्दा अघि छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः मल्पिपर्पोज फाइनान्स र पिपुल्स पावर परेका छन् ।

Facebook Comments