Fri. May 10th, 2024

उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयोः निर्वाचन आयोग

यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं. २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नंं. १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

 काठमाण्डू, २०८१ वैशाख १५ गते शनिबार । निर्वाचन आयोगले इलाम र बझाङमा शान्तिपूर्ण र उत्साहजनकरूपमा उपनिर्र्वाचन सम्पन्न भएको जनाएको छ । शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गरी आयोगले उपनिर्वाचन २०८१ अन्तर्गत इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) को मा शान्तिपूर्ण र उत्साहजनकरुपमा निर्वाचन सम्पन्न भएको जनाएको हो ।

आयोगले उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका खेल्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचमा सङ्लग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, पर्यवेक्षक, उम्मेदवारलगायत सबै क्षेत्र र समुदायप्रति आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।

त्यसैगरी मतगणना कार्यमा समेत सबै सरोकारवालाको सकारात्क सहयोग हुने अपेक्षा गरेको पनि आयोगले जनाएको छ ।

आयोगका अनुसार हाल मतदानको विवरण आयोगको सूचना प्रणलीमा प्रविष्ट हुने क्रम जारी रहेको छ भने मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ढुवानी भइरहेका छन् ।

त्यस्तै, हालसम्मको विवरणअनुसार इलाममा करिब ५८ प्रतिशत र बझाङमा करिब ५० प्रतिशत मतदान भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा इलामको सोही निर्वाचन क्षेत्रमा ५९ दशमलव ७८ प्रतिशत र बझाङको सोही क्षेत्रमा ५२ दशमलब ९८ प्रतिशत मतदान भएको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिँदै    
    
निर्वाचन आयोगले आज सम्पन्न भएको उपनिर्वाचनअन्तर्गत बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकाम चैनपुरमासम्म ल्याउन लागिएको जनाएको छ ।

निर्वाचन आयोगले आवश्यक सबै साधनबाट यही वैशाख १६ गते बिहान १०ः०० बजेभित्र ढुवानी भइसक्ने गरी व्यवस्था मिलाएको जनाएको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताउनुभयो । प्रतिनिधिसभाको इलाम क्षेत्र नं. २ र बझाङको प्रदेशसभा १ को उपनिर्वाचन आज शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो । रासस

Facebook Comments