Mon. May 6th, 2024

प्रदेशसभा सचिवलाई शपथ   

विराटनगर,२०८१ वैशाख ९ गते आईतबार । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराउनुभएको हो ।

प्रदेशसभा सचिवका रुपमा उहाँको पाँच वर्षे पदावधी २०८१ वैशाख ८ गते पूरा भएकामा उहाँलाई प्रदेश प्रमुख पराशुराम खापुङले सो पदमा पुनः नियुक्त गर्नुभएको थियो । पराजुली वि.सं. २०७६ साल वैशाख ९ गते कोशी प्रदेशसभाको सचिव पदमा नियुक्त हुनुभएको थियो ।रासस

Facebook Comments