Thu. May 2nd, 2024

लकडाउनमा इन्टरनेट चलाउने बढे, युट्युब र गेमको अत्याधिक प्रयोग

काठमाडौं, २०७७ बैशाक १४ गते आईतबार

 बन्दाबन्दीका बेला बालबालिका, युवा तथा अभिभावले पहिलेको दाँजोमा धेरै इन्टरनेट चलाउने गरेको सर्बेक्षणले देखाइएको छ ।

साइबर सुरक्षा तथा अनलाइन व्यवहारबारे चाइल्ड सेफ नेटले एउटा सर्वेक्षणमा सञ्चालन गरेको थियो । सर्वेक्षणमा जम्मा १२ सय २८ जना सहभागी थिए । सर्वेक्षण अनुसार बन्दाबन्दीको समयमा ३४.५३ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक चार देखि छ घण्टा इन्टरनेट प्रयोग गर्ने गरेको छ भने १० देखि १२ घण्टा सम्म १५.२ प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको छ । बन्दाबन्दीभन्दा अगाडि २६.९५ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक ४ देखि ६ घण्टासम्म र भने १० देखि १२ घण्टा सम्म ४.५ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेका थिए ।

नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ७२.६ प्रतिशत मानिसको पहुँच ब्रोडब्याण्ड इण्टरनेटमा छ भने ५५.३ प्रतिशतले मोबाइल ब्रोडब्याण्ड इण्टरनेट चलाउँछन् ।
नेपालमा सबैभन्दा बढी चलाइने सामाजिक सञ्जाल फेसबुक रहेको चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुबंशीले बताउनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुकको सक्रिय प्रयोगकर्ता एक करोड दश लाख रहेको जानकारी दिनुभयो ।

सरकारले अश्लील साइटमा प्रतिबन्ध लगाए पनि सर्वेक्षणमा ४१.७ प्रतिशत मानिसले अश्लील साइट प्रयोग गरेको देखिएको छ । बन्दाबन्दीमा दैनिक धेरै प्रयोग हुने साइट तथा एपमा युट्युब रहेको छ भने सबैभन्दा कम प्रयोग हुनेमा फ्री फायर गेम रहेको छ । त्यसैगरी धेरै प्रयोग हुने दोस्रोमा फेसबुक, तेस्रोमा नेपाली न्यूज पोर्टल, चौथोमा इन्स्टाग्राम, पाचौँमा अन्तराष्ट्रिय न्यूज पोर्टल, छैटौँमा विकिपिडिया सहित अन्य सिमिलर साइट, सातौँमा स्कुल तथा कलेजका साइट र त्यसपछि टिकटक, ट्विटर, पब्जी, स्न्यापच्याट लगायत अन्य अनलाइन गेम रहेका छन् ।

सर्वेक्षणमा बन्दाबन्दीमा एक घण्टा भन्दा कम समय इन्टरनेट प्रयोग गर्नेको संख्या १.३८ प्रतिशत रहेको छ भने ८.६३ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेको छ ।
यस सर्वेक्षणमा ८७.१ प्रतिशत मानिसले मोबाइल फोनबाट, १०.६ प्रतिशत मानिसले कम्प्युटर तथा २.३ प्रतिशत मानिसले ट्याबलेटबाट इन्टरनेट प्रयोग गर्ने गरेको देखिएको छ ।
इन्टरनेट मनोरञ्जनको लागि धेरै प्रयोग भएको सर्वेक्षणमा पाइएको छ । त्यसैगरी क्रमशः न्युज तथा जानकारीको लागि, आफन्त साथिभाईसँग जोडिन, शिक्षा तथा अन्यको लागि इन्टरनेट प्रयोग हुने गरेको पाइएको छ ।

त्यसैगरी सर्वेक्षणका अनुसार बालबालिकाहरु सबैभन्दा बढी अनलाइन दुर्व्यवहार तथा शोषनको जोखिममा रहेका छन् । सर्वेक्षणबाट पत्ता लागेका तथ्यहरूका अनुसार बालबालिका तथा युवा वर्ग इण्टरनेट दुव्र्यसन, गेमिङ दुव्र्यसन तथा वयस्क सामग्रीहरूसँगको सम्पर्कसम्बन्धी जोखिमप्रति उच्च रुपमा संवेदनशील हुनसक्ने रघुवशंीले बताउनुभयो । उहाँले अनलाइन यौन दुव्र्यवहार तथा शोषणको उच्च जोखिममा पनि हुनसक्ने जानकारी दिनुभयो ।

नेपालमा सरकारले अश्लील सामग्री राखिने साइटहरूमाथि प्रतिवन्ध लगाएको भए पनि बालबालिका तथा युवा वर्गसहितका ४ प्रतिशतभन्दा बढी उत्तरदाताहरूले त्यस्ता साइट आफुले हेरेको जनाएका छन् । रघुंबशी भन्नुहुन्छ, यस्ता समस्यालाई पनि सम्बोधन गरिन आवश्यक छ ।

उहाँले बन्दाबन्दी अवधि तथा त्यसपछि पनि बालबालिका तथा युवा वर्गलाई अनलाइनमा सुरक्षित राख्नेसम्बन्धी मुद्दालाई सम्बोधन गर्नका लागि गहन ज्ञानभण्डार तयार गर्न विस्तृत एवं विषयगत अनुसन्धान गरिनु आवश्यक रहेको बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments