Tue. Jul 28th, 2026

भूपाल प्रज्ञापरिषद्बाट स्वास्थ्य सामग्री हस्तान्तरण

       

काठमाडौं, २०७७ बैशाक ९ गते मंगलबार

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले कोरोना भाइरसबाट सुरक्षित हुनका लागि अति आवश्यक केही स्वास्थ्य सामाग्री नेपालका सातै प्रदेशमा उपलब्ध गराएको छ।

भूपाल प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा. बालमानसिंह कार्की ले सोमबार सम्बन्धित स्थानमा १२ लाख रूपियाँ बराबरका विविध स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

भूपाल प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आईतबार बसेको बैठकले पीपीई पूर्ण शारीरिक सेट ३०० थान, एन ९५ माक्स २५० थान, डिजिटल थर्ममिटर ५० थान, इन्फ्रारेड गन २० थान सम्बन्धित ठाउँमा तुरून्तै हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

साथै भविष्यमा आवश्यक्ता अनुसार यस विषयमा थप सहयोग गर्ने पनि भूपाल प्रज्ञापरिषद्ले निर्णय गरेको परिषद्का सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read