Tue. May 21st, 2024

एमाले ललितपुरको अधिवेशन जारी   

ललितपुर,२०८० चैत २४ गते शनिबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ ललितपुर जिल्ला अधिवेशन महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा जारी छ ।

सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट शुक्रबार उद्घाटित सो अधिवेशनमा अहिले बन्दसत्र सञ्चालन भइरहेको छ ।

यही चैत २५ गतेसम्म सञ्चालन हुने अधिवेशनले एक सय २० सदयीय नयाँ कार्यसमिति चयन गरेको छ । बन्दसत्र सञ्चालनका लागि सो पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ । रासस

Facebook Comments