Fri. Jun 5th, 2026

किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’   

नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ ।         

       

काठमाण्डू, २०८० चैत २३ गते शुक्रबार । नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ ।

स्थानीय किसानसँगको सहकार्यमा नेपाली किसानको पहिलो व्यावसायिक उत्पादन ‘प्रिमियम वास्नादार चामल’ बजारमा ल्याएको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सुवासी जातको धानको प्रिमियम वास्नादार चामल ‘एभरेष्ट’ को बजार मूल्य रु एक सय ७५ कायम गरिने कम्पनीले उल्लेख गरेको छ । यसअघि कम्पनीले मन्सुली तथा लोकल प्रिमियम चामल बिक्री वितरण गर्दै आएको छ ।

आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाली किसानले उत्पादन गरेको धानमात्रै खरिद गरेर आफ्नै मिलमार्फत् चामल उत्पादन र बजारीकरण गर्ने गरी कम्पनीले बजारमा नयाँ चामल ल्याएको बताउनुभयो । “नेपाली धानको उत्पादन प्रवर्द्धन र बजारीकरणका साथै किसानलाई यस क्षेत्रमा प्रोत्साहित गर्न कम्पनीले गुणस्तरीय चामल उत्पादन गरेको हो । किसानलाई कृषि उत्पादनमार्फत् राष्ट्रिय आर्थिक समृद्धिमा समान सहभागिता जनाउने पनि अर्को उद्देश्य रहेको छ”, बुद्ध एयरका कार्यकारी अध्यक्षसमेत रहनुभएका बस्नेतले भन्नुभयो ।

किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न वास्नादार चामल उत्पादन सुरु गरेको जनाएको छ । मिलका बजार निर्देशक वसन्त ढुङ्गानाले किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने लक्ष्यका साथ वास्नादार चामल उत्पादन गरिएको बताउनुभयो ।

राससका अनुसार  मोरङको डाँगीहाटमा रु ५० करोडभन्दा बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ ।

किसानका लागि रोपाइँभन्दा अगाडि नै मिलले धानको न्यूनतम् समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read