Sat. May 4th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा पल्लो शान्सीको निरीक्षण

काठमाडौं, २०७७ बैशाक ९ गते मंगलबार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २० तारिख पल्लो शान्सी प्रान्तको निरीक्षण भ्रमण गर्नुभएको छ। सोही दिन दिउँसो, उहाँले सर्वप्रथम शाङ लो सहरको चा श्वी जिल्लामा अवस्थित छिङ लिङ न्यु पै न्याङ राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रको छिङ लिङ पहाडको पर्यावरणीय संरक्षण अवस्थाबारे निरीक्षण गर्नुभयो। त्यसपछि, उहाँले स्याउ लिङ बस्ती जिनमी गाउँको गरिबी निवारणको परिस्थितिबारे जानकारी लिनुभएको छ।

न्यु पै न्याङ राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्र छिङ लिङ पहाडको पूर्वी भागमा अवस्थित हुनुका साथै कूल क्षेत्रफल १६हजार ४सय १८ हेक्टर छ र पूर्वी छिङ लिङ पहाड प्रचूर जैविक विविधता भएको क्षेत्र हो। त्यसपछि राष्ट्राध्यक्ष सीले पल्लो शानसी प्रान्तको दक्षिण शाङ लो सहर चा श्वी जिल्लाको चिनमी गाउँमा गएर त्यहाँ व्यवसायबाट गरिबी निवारणको अवस्थाको निरीक्षण गर्नुभयो। चिनमी गाउँ एउटा पहाडी कृषि गाउँ र यातायात असुविधा हुनुका साथै खेती गर्न सकिने जग्गा पनि कम रहेको क्षेत्र हो।

त्यहाँ गरिब जनसंख्या ५५३ जना रहेको छ। गरिब जनताको आम्दानी बढाउन चिनमी गाउँले च्याउ खेतीलाई गरिबी निवारणको मुख्य व्यवसायका रूपमा विकास गर्दैआएको छ। सन् २०१९ सम्ममा ५४९ जनालाई विपन्नताबाट उकासिएको थियो। विपन्नता दर सन्२०१५ को २१.८५ प्रतिशतबाट सन् २०१९मा ०.२३ प्रतिशतसम्म घटेको छ।

सीआरआई नेपाली सेवाबाट

 

Facebook Comments