Fri. May 3rd, 2024

चीनको नर्सिङ होममा आगलागी, तीनको मृत्यु, दश घाइते 

ग्वान्झाओ, २०८० चैत २२ गते बिहीबार । दक्षिणी चीनको ग्वान्झाओ प्रान्तको एउटा नर्सिङ होममा बिहीबार आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

ग्वान्झाओ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार बिहीबार बिहान ४ बजेर २१ मिनेटमा ग्वान्झाओ शहरको काङ्गी नर्सिङ होममा आगो सल्किएको र त्यसलाई ४ बजेर ४८ मिनेटमा नियन्त्रणमा लिइएको थियो ।

स्रोतका अनुसार घाइते दश जनामध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था स्थिर छ । दुर्घटनाको अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।  सिन्ह्वा

Facebook Comments