Wed. May 8th, 2024

उपप्रधानमन्त्री श्रेष्ठ छोङछिङमा

अशोक घिमिरे/छोङछिङ (चीन), २०८० चैत १४ गते बुधबार । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी पैचिङबाट आज अपराह्न पश्चिमी सहर छोङछिङ आइपुग्नुभएको छ ।

छोङछिङस्थित च्याङ पे अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई छोङछिङ नगरपालिकाका उपप्रमुख चाङ कुइचाइ, छोङछिङ नगरपालिकाका परराष्ट्र मामिलासम्बन्धी कार्यालयका उपमहानिर्देशक चाउ यी, छन्तुस्थित महावाणिज्यदूत सुरेश राउतलगायतले स्वागत गर्नुभयो । आजै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी छोङछिङ पार्टी सचिव युआन चाईचुनसँग भेट गर्ने कार्यक्रम छ । छोङछिङमा रहँदा उहाँले विभिन्न एतिहासिक क्षेत्रको भ्रमण गर्नुहुनेछ । रासस

Facebook Comments