Fri. May 10th, 2024

पोआउ एशिया मञ्च सन् २०२४ वार्षिक सम्मेलन सुरु

काठमाण्डू, २०८० चैत १५ गते बिहीबार । आज (मार्च २८ तारिख), पोआउ एशिया मञ्च सन् २०२४ वार्षिक सम्मेलनको उद्घाटन समारोहको आयोजना गरिएको छ। साथै अरू उप-मञ्चहरू, संवाद लगायतका गतिविधिहरू पनि आज आयोजना भएका छन्।

बिहान १० बजे, पोआउ एशिया मञ्च सन् २०२४ वार्षिक सम्मेलनको उद्घाटन समारोहको आयोजना गरिएको थियो। अपरान्ह “चीनको आर्थिक दृष्टिकोण”, ”बौद्धिक सम्पत्तिको दिगो विकास” जस्ता विषयहरूमा केन्द्रित रहेर विभिन्न उप–मञ्चहरू आयोजना गरिने भएका छन्।

साथै, “विश्वव्यापी सुरक्षा पहल: सुरक्षा समस्याहरूको समाधान र संयुक्त रूपमा विश्व शान्तिको प्रवर्द्धन” विषयक उप-मञ्चमा चीनको परराष्ट्र मन्त्रालय, आपतकालीन व्यवस्थापन मन्त्रालयलगायत अन्य विभागका सम्बन्धित अधिकारीहरूले अतिथिहरूसँग अन्य देश, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरू वा संयन्त्रहरूको सुरक्षा अवधारणा र नीतिहरूसँग विश्व सुरक्षा पहललाई कसरी अझ राम्रो तरिकाले एकीकृत गर्न सकिन्छ भन्ने बारेमा गहन छलफल गरेका छन्

यसका अतिरिक्त, आजै चीन-अस्ट्रेलिया उद्यमी संवाद बैठक, चीन-युरोपेली उद्यमी संवाद बैठक, बेल्ट एण्ड रोड हरित लगानी र वित्तिय राउण्ड टेबल लगायतका गतिविधिहरू आयोजना हुने भएका छन्। सीएमजी

Facebook Comments