Sun. May 5th, 2024

अदानचुलीको पाम्समा गाडी दुर्घटना दुईको मृत्यु, पाँच घाइते   

सिमकोट (हुम्ला), २०८० चैत १० गते शनिबार । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिनुभयो ।

राससका अनुसार सु.प. ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उहाँका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ । दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ ।

Facebook Comments