Sat. Apr 27th, 2024

वरिष्ठ आख्यानकार परशु प्रधानको निधन

भिओके समाचार/काठमाण्डू, २०८० चैत ६ गते मंगलबार । वरिष्ठ आख्यानकार परशु प्रधानको निधन भएको छ । प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाण्डूको बानेश्वरस्थित निवासमा निधन भएको हो । उहाँको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

आख्यानकार प्रधानका बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधान  सहित दुई छोरा र दुई छोरी  हुनुहुन्छ । २००० सालमा भोजपुरमा जन्मिनुभएका प्रधानले नेपाली साहित्य र राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गर्नुभएको थियो । उहाँले २०१६ साल देखि नै नेपाली साहित्यमा कलम चलाउन थाल्नुभएको थियो ।

उहाँका वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह प्रकाशित भएका छन् । उहाँका नानीको कथा, सुनको छाती, रीताको स्कूललगायत एक दर्जन बालकथा पनि प्रकाशित भएका छन् ।

Facebook Comments